कांग्रेस र एमालेको सरकार बनेपछि राष्ट्रिय राजनीतिमा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक

विदुर । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि भएको सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले भने, ‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो ।’

‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र अहिले प्रधानमन्त्री केपी ओलीजीबीच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पु¥याउने जिम्मेवारी अहिले कांग्रेसको छ’, उनले भने ।

कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको गृहमन्त्री लेखकले बताएका छन् ।

दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने गृहमन्त्री लेखकले बताएका छन् ।

कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नु गृहमन्त्री लेखकको भनाइ थियो ।

मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उनले बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नुवाकोट कांग्रेसका सभापति रमेश महत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 September 1, 2:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया