नेता मुकुल ढकाल सभापति लामिछाने अबैधानिक हर्कतविरुद्ध उत्रिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दवावमा कारबाहीमा परेका मुलुक ढकालले पार्टीमा पुनरावेदन गरेका छन् ।

ढकालले महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्य रहेकोमा पार्टीबाट अनाधिकृत तवरले हटाइएको ३५ दिन पुगेको बताए । उनले पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जनाएका छन् ।

ढकालले भने, ‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट । त्यसको पूनरावेदन गरेको छु ।’

‘पार्टीबाट अनाधिकृत तबरले मलाई उक्त तीनैवटा पदबाट मुक्त गरिएको भन्ने व्यहोरा सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको भएतापनी सो को कुनै आधिकारीक पत्र प्राप्त उपलब्ध नगराईएकोमा मिति साउन १३ मा शुभराज सिल्पकारबाट विद्युतीय माध्यममार्फत कार्यालय समयपछि साँझ ६ः०९ मा पार्टीको च.नं. २९८ मिति असार २५ को पत्र प्राप्त गरी हेर्दा उक्त पत्रमा पार्टीको मिति असार २५ गते केन्द्रीय समितिको बैठकले मलाई पार्टीको साधारण सदस्य कायम गरी उक्त तीनैवटा पदबाट पदमुक्त गर्ने निर्णय गरेको भन्ने उल्लेख भएको हुँदा उक्त त्रुटिपूर्ण पत्रविरुद्ध ३५ दिनभित्र पार्टीको विधानको धारा ५७ बमोजिम यस पुनरावेदन समिति समक्ष निम्न व्यहोराको पुनरावेदन पेश गर्दछु’, नेता ढकालले भने ।

उनले निलम्बन गरी कारबाही गरिरहेको अवस्थामा ७ दिन पुग्नु अगावै मिति पदमुक्त गर्ने गरी केन्द्रीय समितिले निर्णय गरेको उल्लेख गरेका छन् ।

सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका रास्वपाका सभापति लामिछानेको अहँकार र दवावमा ढकाललाई पार्टीबाट कारबाही गरेर निष्काषन गरेको आरोप लाग्दै आएको छ । सभापति लामिछाने विभिन्न काण्डै काण्डमा परेका छन् । निकै विवादित लामिछानेको नैतिकतामा नेता ढकालले गम्भीर प्रश्न उठाउँदै आएका छन् ।

सभापति लामिछानेलाई नेताहरू स्वर्णिम वाग्ले, मनीष ढकाल लगायतको समूहले जबरजस्त रुपमा बचाउ गर्दै आएका छन् । वाग्ले र झा पनि विवादित पात्र हुन् ।

Published : Sunday, 2024 September 1, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया