सभापति देउवालाई विधान संशोधन समिति बनाउन अधिकार

काठमाडौं । नेपाली कांग्रेसले विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । समितिको संयोजक र सदस्यहरू सभापति शेरबहादुर देउवाले मनोनयन गर्नेछन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव तथा पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न नेपाली कांग्रेसको विधान, २०१७ को धारा २२ (७) बमोजिम “विधान संशोधन मस्यौदा समिति” गठन गर्ने । समितिका संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गर्ने ।’

Published : Sunday, 2024 September 1, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया