कांग्रेसद्वारा जनसम्पर्क समितिहरूका बारेमा विशेष निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धमा विभिन्न निर्णयहरू गरेको छ ।

आइतबार वीपीनगर, ललिपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले जनसम्पर्क समितिहरूका बारेमा निर्णय गरेको हो ।

‘विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशन प्रक्रियालाई सहज बनाउन र एकरूपता ल्याउन नेपाली कांग्रेसको विधानको धारा १४ को उपधारा (३) को “सो अधिवेशनद्वारा पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमितिका लागि यसै विधान बमोजिम तोकिएको संख्यामा अध्यक्ष सहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यबस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ” भन्ने प्रावधान र विधानको धारा को १४ उपधारा (४) (५) र (६) निलम्बन गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘नेपाली जनसम्पर्क समितिको पदावधि विधानतः ३ वर्षको हो । अधिकांश देशहरू छन् ।’

‘नेपाली कांग्रेसको विधानको धारा १४ को उपधारा (२) बमोजिम मान्यता प्राप्त नेपाली जनसम्पर्क समितिको नेपाली कांग्रेसको विधानको धारा १४ को उपधारा (३) बमोजिम स्वीकृत नेपाली जनसम्पर्क समितिको विधानले तोकेको अबधिभित्र अधिवेशन सम्पन्न नभएका जनसम्पर्क समितिको हकमा केन्द्रीय कार्यालयले अबिलम्ब विधान बमोजिम अधिवेशन प्रक्रिया अगाडि बढाउने’, कांग्रेसले भनेको छ ।

कांग्रेसले भनेको छ, ‘नेपाली जनसम्पर्क समितिको अध्यक्ष तथा पदाधिकारी नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भए अनुसार नेपाली कांग्रेस क्रियाशील सदस्य र नेपाली जनसम्पर्क समितिका सदस्य मध्येबाट चयन हुनसक्ने गरी अधिवेशन प्रक्रिया अगाडि बढाउने ।’

‘नेपाली कांग्रेसको नियमावली संशोधन गरी नियमावलीको नियम २१ उपनियम (५) मा रहेको “नेपाली कांग्रेस क्रियाशील सदस्य वा क्रियाशील सदस्य” भन्ने शब्दावलीको सट्टा “नेपाली कांग्रेसको क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्य” भन्ने बनाउने र सोही उपनियममा रहेको “विधानको धारा १४ (४) बमोजिम केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्य” भन्ने शब्दहरू निलम्बन गर्ने’, कांग्रेसको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 September 1, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया