कांग्रेसका रिक्त पदहरूमा पदपूर्ति गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहका समितिमा रिक्त स्थानमा पदपूर्ति सम्बन्धमा निर्णयहरू गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त रहेका पदपूर्तिहरू प्रक्रिया पु¥याएर गर्न निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४५ मा ‘कुनै कारणले पार्टीका कुनै पनि निकायमा रिक्त हुन आउने स्थानका लागि यस विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन प्रक्रियाबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिने’ ब्यबस्था छ ।’

‘विधानको धारा ५०(८) मा सबै तहका कार्यसमितिका सभापतिहरूको पद रिक्त हुन गएमा सम्बन्धित समितिका उपसभापति कार्यबाहक सभापति हुने र उपसभापति नभएको अबस्थामा सम्बन्धित कार्यसमितिले कार्यवाहक सभापतिको चयन गर्ने र यसरी रिक्त हुन आएको सभापति पदमा ६ महिनाभित्र विधान बमोजिम निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने स्पष्ट ब्यबस्था छ’, कांग्रेसले भनेको छ ।

‘यस सन्दर्भमा हाल रिक्त रहेका विभिन्न तहका सभापति पदमा एक महिनाभित्र विधान बमोजिम पदपूर्ति गर्ने गरी केन्द्रीय निर्वाचन समितिलाई आवश्यक समन्वय गर्ने’, कांग्रेसले भनेको छ ।

‘सभापति बाहेकका पदाधिकारी र सदस्यहरू रिक्त रहेको अबस्थामा विधानले स्पष्ट व्यवस्था नगरेकोले कार्यान्वयनमा अलमल सिर्जना भएको हुँदा सम्बन्धित कार्यसमितिका सभापतिले प्रस्तावित गरी कार्यसमितिले निर्णय गर्न र यसरी निर्णय गर्दा जुन कल्ष्टरबाट निर्वाचित भएको हो अनिवार्य रुपमा सोही कलष्टरबाटै पूर्ति गर्न गराउन सम्बन्धित सबै तहलाई विधानको धारा ४२ (१) बमोजिम निर्देश गरिन्छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 September 1, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया