रवि लामिछानेले बयान दिएका बेला कांग्रेसद्वारा सहकारी ठगलाई छिटो कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलन र ठगी गर्ने ठगहरूलाई छिटोभन्दा छिटो अनुसन्धान गरेर कारबाही गर्न माग गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहकारीको रकम ठगी गर्नेहरूलाई कानून बमोजिम कारबाही र पीडितहरूको निक्षेप फिर्ताको माग गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई न्याय दिलाउन र सञ्चालकको लगानी असुल गराउने प्रभावकारी नीति लिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पटक–पटक सरकारको ध्यानाकर्षण गराइसकेकोले यस विषयमा कुनै विलम्व नगरी प्रकृयामा रहेका सबै मुद्दाहरु चाडै टुङ्गो लगाउन र दोषी देखिएककालाई यथाशीघ्र कानूनी दायरामा ल्याई समस्याको दीर्घकालीन समाधान गर्न आवश्यक रणनीतिक कदम चाल्न समेत सरकारसँग जोडदार माग गर्दछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका छन् । लामिछानेले संसदीय छानविनसमितिमा समेत बयान दिएका छन् ।

Published : Sunday, 2024 September 1, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया