कांग्रेसले असोजदेखि पुससम्म १ सय दिनको अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले असोज १ देखि पुष १० गतेसम्म १ सय अभियान सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमिखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन, पार्टी (जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका सांगठनिक कार्यमा केन्द्रित भई पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म १०० दिने विशेष सांगठनिक अभियान संचालन गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 September 1, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया