तीन जना एआइजीहरूको सरुवा, पौडेलको सीमा सुरक्षा विभाग खोसियो

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बैठकले एआइजी नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट हटाएर कार्य विभागमा सरुवा गरेको छ । एआइजी पौडेलले पछिल्लो समय कञ्चनपुरबाट काठमाडौं ल्याएका एक आरोपी व्यक्तिका विषयमा शंकास्पद भूमिका खेलेका थिए । उनलाई गृह मन्त्रालयले उच्च निगरानीमा राखेको छ ।

एआइजी चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभागबाट सीमा सुरक्षा विभागमा सरुवा गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

एआइजी वंशीराज दाहाललाई कार्यविभागबाट मानव श्रोत विभागमा सरुवा गर्ने निर्णय पनि भएको छ ।

Published : Monday, 2024 September 2, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया