सरकारद्वारा तीन ठाउँका लागि महावाणिज्य दूतहरू नियुक्त, पुँजीगत लाभकरमा छुट

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई महावाणिज्य दूता बनाएको छ ।

मन्त्रिपरिषदको बैठकले सहसचिव खनाललाई चीनको ग्वान्जाओको महावाणिज्य दूत पदमा नियुक्त गर्ने निर्णय गरेको सकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

सहसचिव झक्कप्रसाद आचार्यलाई सरकारले भारतको कोलकात्ताको महावाणिज्य दूत पदमा नियुक्त गरेको छ ।

सहसचिव लक्ष्मीप्रसाद निरौलालाई चीनको लासाको महावाणिज्य दूत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

यसैबीच, सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई मधेश द्रुत मार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गाको मुआब्जामा लाग्ने पुँजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको मन्त्री गुरुङले बताएका छन् ।

Published : Monday, 2024 September 2, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया