प्रचण्ड आफू सर्वेसर्वा हुँदा परिवारतिर गुलियो, देश र जनता भुलियो : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन् ।

दुई ठूला दलको समीकरणले बनेको नयाँ सरकारको दाहालले विरोेध गर्दै आएका छन् । नयाँ सरकारले बंगलादेश र श्रीलङ्कातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया दाहालबाट आएकोतर्फ लक्ष्य गर्दै बस्नेतले आफू नेतृत्वमा हुँदा केही गर्न नसकेको, देश र जनता भुलेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर, सत्ता बाहिर हुँदा हुन लागेका काम र जनताका आशा रोक्न दाहाल कुर्लिएको भन्दै कडा टिप्पणी गरेका छन् ।

कवितात्मक शैलीमा अध्यक्ष बस्नेतले आफू सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो, देश र जनता भुलियो भन्दै सञ्जालमा सडकमा पुगेपछि कुर्लिएकोमा गम्भीर प्रश्न उठाइएका छन् ।

मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको हो ।

त्यसपछि माओवादी सरकारमा हुँदा विभिन्न समयमा ४ पटक हटाउन खोज्दा असफल बनेको थियो ।

Published : Monday, 2024 September 2, 3:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया