सभापति देउवाद्वारा कर्ण बुढा प्रमुख रहेको विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वित्तीय संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

विभागका प्रमुख कर्णबहादुर बुढाको सिफारिसमा सभापति देउवाले विभागमा दश जना सदस्यहरू मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कांग्रेसको वित्तीय संस्था समन्वय विभागमा मनोनयन गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा भीमकुमार चौधरी (मोरङ), गणेश यादव (धनुषा), धरम ब्लोन लामा (काठमाडौं), विष्णुप्रसाद घोरासैनी (सिन्धुपाल्चोक), सुरेन्द्रनाथ शर्मा (कास्की) रहेका छन् ।

चिरञ्जीवी नेपाल (पाल्पा), ध्रुव पुन (रूकुम पूर्व), डिलमान चन्द (सल्यान), दिनेश जोशी (कैलाली) र लक्ष्मी शाह (अछाम) पनि सदस्यमा मनोनयन भएका छन् ।

Published : Monday, 2024 September 2, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया