कोइरालाद्वारा पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू सिफारिस, सभापति देउवाद्वारा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व आप्रवासी समन्वय विभागको दश जना सदस्यहरू मनोनयन गरेका छन् ।

विभागका प्रमुख दिनेश कोइरालाको सिफारिसमा सभापति देउवाले विभागको सदस्यमा विभिन्न व्यक्तिहरूलाई मनोनयन गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्य मनोनयन हुनेहरूमा रामेश्वर शाह (सिरहा), यदुनाथ पाण्डे (रुपन्देही), सुभाष लोहनी (मोरङ), विज्ञान प्रसाईं (झापा), रामबहादुर कोङलिवा लिम्बू (ताप्लेजुङ) रहेका छन् ।

नवीन पोखरेल (झापा), कृष्णप्रसाद लम्साल (पर्वत), पूर्ण कोइराला (दैलेख), उमा कार्की (काठमाडौं) र बालकुमारी सुनार (कैलाली) विभागको सदस्यमा मनोनयन भएका छन् ।

Published : Monday, 2024 September 2, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया