कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागले गोष्ठी र अन्तर्क्रिया गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभाग वीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ ।

विभागको सोमबार काठमाडौंमा बसेको बैठकले भदौं २५ गते वीपीको समाजवाद र वुद्धिजीवीको भूमिका सन्दर्भमा विचार गोष्ठी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागले वार्षिक रुपमा संचालन गर्ने विविध कार्यक्रम र कार्यतालिका तयार गर्ने निर्णय पनि गरेको छ ।

विभागले असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा मनोनयन गरी कार्यसम्पादन गर्ने जिम्मेवारी दिएकोमा सभापति शेरबहादुर देउवाप्रति विभागले आभार प्रकट गरेको छ ।

Published : Monday, 2024 September 2, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया