कामु प्रधान सेनापति सिग्देलसँग भारतीय नेश्नल डिफोन्स कलेजका सन्दीप सिंहद्वारा भेट

काठमाडौं । नेपाली सेनाका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देलसँग भारतीय नेश्नल डिफोन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ रियर एडमिरल सन्दीप सिंह सन्धुबीच शिष्टाचार भेट भएको छ ।

सोमबार जंङ्गी अड्डामा भएको भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतीय नेश्नल डिफेन्स कलेजका शिक्षार्थीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराइएको थियो ।

भ्रमण दलले नेपाली सेनाका केही इइकाईहरूका साथै काठमाडौं, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेको थियो ।

भारतीय नेश्नल डिफेन्स कलेजका फ्याकल्टी तथा उक्त कलेजमा सञ्चालन भइरहेको नेश्नल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (काजकिस्तान, संयुक्त राज्य अमेरिका, भुटान, ओमन, अस्ट्रेलिया, जापान र भारत) सम्मिलित २० सदस्यीय भ्रमण दल पाँच दिने अध्यन भ्रमणको क्रममा भदौ १६ गते नेपाल आएको थियो ।

विभिन्न राष्ट्रहरूमा सञ्चालन हुने यस प्रकारका उच्चस्तरीय सुरक्षा एवं प्रतिरक्षा तालिममा सहभागी शिक्षार्थीहरूलाई विभिन्न मुलुकहरूको भ्रमण गराउने प्रचलन रहेको छ ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाएको छ ।

Published : Monday, 2024 September 2, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया