सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदामा छलफल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल भएको छ ।

सोमबार सशस्त्र प्रहरीको हेडक्वाटर हलचोकमा गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललको उपस्थितिमा विधेयकको मस्यौदामा छलफल भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निमित्त गृहसचिव नारायणप्रसाद भट्टराई, गृह मन्त्रालयका सह–सचिव भरतमणि रिजाल, गृह मन्त्रालयका पदाधिकारी तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरूको सहभागीता रहेको थियो ।

Published : Monday, 2024 September 2, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया