मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई महाराष्ट्रमा मानार्थ डक्टरेट डिग्रीको उपाधि

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई इन्सटिट्युट अफ अन्टरप्रेनरसिप एण्ड म्यानेजमेन्ट स्टडिज महाराष्ट्र भारतले मानार्थ डक्टरेट डिग्री (पीएचडी)को उपाधि प्रदान गरेको छ ।

इन्सटिट्युट अफ अन्टरप्रेनरसिप एण्ड म्यानेजमेन्ट स्टडिज महाराष्ट्रले अध्यक्ष अन्सारीलाई सामाजिक सक्रियता र राष्ट्र निर्माणमा प्रतिष्ठित मानार्थ डक्टरेट डिग्री उपाधि प्रदान गरेको हो ।

अन्सारीलाई सामाजिक कार्यमा अतुलनीय योगदान, सामाजिक न्याय, सामुदायिक विकास र राष्ट्रिय प्रगतिप्रतिको अटल प्रतिबद्धतालाई सम्मान गरिएको हो ।

आयोगका अध्यक्ष अन्सारी सामाजिक कल्याणका लागि अथक वकालत गर्दै आएका छन् ।

उनको कामले नेपाली समुदायमा विशेष गरी मुस्लिम समुदायमा गहिरो प्रभाव पारेको छ । जसले गर्दा नेपालमा सुधारिएको समाज एक पहलको सुरुवात भएको छ ।

कार्यक्रममा भारतका सर्वोच्च अदालतका न्यायाधीश, महाराष्ट्रका डेप्यूटी कमिश्नर, उपकुलपति लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 September 2, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया