परराष्ट्रमन्त्री डा.राणासँग भारतको नेशनल डिफेन्स कलेजको प्रतिनिधिमण्डलद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भारतको नेशनल डिफेन्स कलेज, नयाँ दिल्लीको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग रियर एडमिरल सन्दीप एस सन्धुको नेतृत्वको टोलीले भेट गरेको हो ।

भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका साथै समसामयिक विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

Published : Monday, 2024 September 2, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया