तीन जना डीआइजीहरूको काज र सरुवा

काठमाडौं । गृह मन्त्रालयले डीआइजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, मकवानपुरमा सरुवा गरेको छ ।

भदौ १७ गतेको गृह मन्त्रालय मन्त्रिस्तरीय निर्णयअनुसार डीआइजी पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा गरेको हो ।
त्यसैगरी डीआइजी किरण राणाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा काज सरुवा भएको छ ।

डीआइजी भरतबहादुर बोहराको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंमा काज सरुवा भएको छ ।

Published : Tuesday, 2024 September 3, 5:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया