१३ मिलियन डलर बोकेको राष्ट्रपतिको जहाज अमेरिकाद्वारा कब्जा

लण्डन । १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज कब्जामा लिएको छ ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००–ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो । जहाजलाई अमेरिकी राज्य फ्लोरिडा पठाइएको छ । जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भएको छैन ।

ट्रयाकिङ डेटाबाट जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले अमेरिकी कारबाहीको निन्दा गर्दै चोरीको आरोप लगाएको छ ।

भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठह¥याएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानूनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन् ।

Published : Tuesday, 2024 September 3, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया