फराकिलो मतसहित टानको अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।

अध्यक्ष पदका प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतको अन्तरले पछाडि पार्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत हात प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।

महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यमा अम्बीरबहादुर तामाङ, छाप्ते लामा शेर्पा, राजु गुरुङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा र विनोदकुमार तामाङ विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो ।

Published : Tuesday, 2024 September 3, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया