सहकारीको करोडौं रकम ठगीका अभियुक्त रवि लामिछानेले बयान दिएको समितिको म्याद थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराएका छन् । थापाले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए ।

समितिले सार्वजनिक बिदाको दिनसहित मध्यरातसम्म काम गरेको थापाले सदनलाई जानकारी गराएका छन् ।

समितिले सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोगमा झण्डै १० घण्टा लामो बयान दिएका थिए । समितिले काम गरिरहेका बेला समय अभाव भएपछि संसदले १५ दिन दिएको छ ।

Published : Tuesday, 2024 September 3, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया