राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई निर्देशन

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग छलफल गरेको छ ।

समितिका सभापति राजकिशोर यादवले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको बताए ।

यादवले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई दृष्टिगत गरी सरकारले राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

Published : Tuesday, 2024 September 3, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया