पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके मताधिकारको सम्मान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकले मताधिकार प्रयोग गर्न सक्ने वातावरण बनाउने प्रयास भइरहेको बताए ।

हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने उनले बताएका छन् ।

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ’, ओलीले भने, ‘यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ ।’

प्रधानमन्त्री ओलीले भने, ‘बसाईँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

उनले हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको बताए ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने बताए ।

फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।

Published : Wednesday, 2024 September 4, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया