तीजको दुई दिन अगाडि काठमाडौंबाट ९ जनाको समूह पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ दीपज्योतीस्थित मकवानपुरको बागमती गाउँपालिका–८ घर भएका २५ वर्षीय राजकुमार लामाको होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ ।

लामा समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । तीजको बेला शान्ति सुरक्षालाई लिएर प्रहरीले गस्ती तीब्र बनाएका बेला जुवातास खेलिरहेका मानिसहरू पक्राउ परेका छन् ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रूपियाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2024 September 4, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया