तीज पर्वको मौलिकता बचाउन कांग्रेस नेता बस्नेतको आग्रह

श्रीचउर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले महिलाहरूले मनाउने विशेष पर्व तीजका अवसरमा शुभकामना दिँदै संस्कृतिलाई बचाइ राख्न आग्रह गरेका छन् ।

बुधबार गृहजिल्ला सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाद्वारा अयोजित हरितालिका तीज विशेष कार्यक्रम तथा नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले मौलिक संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । उनले तीज पर्वका अवसरमा विकृति पनि देखिने गरेको भन्दै मौलिकतालाई भुल्न नहुने बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य मसिना खड्का भण्डारी लगायतका कांग्रेस नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 September 4, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया