दुग्ध संस्थानले आफ्ना उत्पादनको मूल्य ह्वात्तै घटायो

काठमाडौं । चाढपर्व नजिक आएका बेला उपभोक्ताहरूलाई राहत दिन नेपाल दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको मूल्य घटाएको छ ।

संस्थानले दुधको प्रतिलिटर दुई रुपियाँ र दहीको १० रुपियाँ मूल्य घटाएको छ । पनिर आधा किलोमा २० रुपियाँ, रसबरी र लालमोहन बट्टामा २० रुपियाँ, आइसक्रिम आधा लिटरको ३५ रुपियाँ घटाएको संस्थानले जनाएको छ ।

फ्रेस मिल्क दुई सय मिलि लिटरको १० रुपियाँ, खुवा किलोको ४० रुपियाँ, चिज आधा किलोमा ५० रुपियाँ, खुला मखन किलोमा ६५ रुपियाँ र घ्यु किलोमा एक सय २० रूपियाँ घटाएको छ ।

आफ्नो उत्पादन महँङ्गो हुँदा संस्थानले बजार गुमाएको थियो । किसानलाई भुक्तानीमा समस्या हुँदै आएको थियो । मूल्य घटाएपछि संस्थानका उत्पादनहरूले बजार पाउनेछ ।

साउन लागेपछि चाडपर्वको मौसम सुरु भएसगै माग बढेर छ हजार लिटरसम्म पुगेको छ । संस्थानले दैनिक १२ हजार लिटर दुध सङ्कलन गर्दै आएको छ ।

Published : Wednesday, 2024 September 4, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया