प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, परराष्ट्रमन्त्री डा.राणा पनि टोलीमा सहभागी

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका निजी चिकित्सकलगायत रहेका छन् ।

सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

सरकारले पारालिम्पिक्समा काश्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम दिने निर्णय गरेको छ । प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई २ लाख ९२ हजार पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।

Published : Thursday, 2024 September 5, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया