निजामती सेवा ऐन छिटो ल्याउने तयारीमा छौँ : मुख्यसचिव अर्याल

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा ऐन छिटो ल्याउने तयारी भइरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा मुख्यसचिव अर्यालले पछिल्लो समय निजामती क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि पनि जतिसक्दो चाँडो निजामती ऐन ल्याउन पहल गर्ने बताए ।

उनले भने, ‘कर्मचारीको वृद्धि विकास, कर्मचारी वा निजामती क्षेत्रका धैरै विषयलाई सम्बोधन गर्ने गरी निजामती सेवा ऐन ल्याउने तयारी भइरहेको छ, जनतालाई सुविधा हुने र प्रत्यक्ष परिणाम आउने गरी काम गर्न सबै निजामती कर्मचारीलाई अनुरोध गर्दछु ।’

निजामती सेवा विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ ।

उनले प्रशासनिक क्षेत्रमा सुधारका सम्भावना हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएको बताए । मुख्यसचिव अर्यालले भने, ‘केही गर्न नसकेको यर्थात हो । यसको मतलब निजामती कर्मचारीले केही पनि गरेकै छैनन् भन्ने होइन ।’

Published : Thursday, 2024 September 5, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया