विदास्पद एआईजी ज्ञवालीसहितका प्रहरी अधिकृतहरूले माग गरेको आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका विवादास्पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उनीहरूको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतले उनीहरूको मुद्दालाई अदालतले अग्राधिकार दिएको छ ।

एआईजी ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र ईन्स्पेक्टर नागेन्द्र ठाकुरले उमेर हदअनुसार अवकाशमा नपठाउन माग गर्दै भदौ १२ गते रिट दिएका थिए ।

प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्र समेत पठाइसकेको छ । एआईजी ज्ञवालीसहितका प्रहरी अधिकारीहरूले सोही पत्र कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछाने र नारायणकाजी श्रेष्ठको उक्साहटमा लागेर राजनीतिक नेतृत्वको चरित्र हत्या गर्ने कार्यमा लागेका थिए । एआईजी ज्ञवालीविरुद्ध प्रहरी हेडक्वाटरमा उजुरी समेत परेको छ । ज्ञवालीविरुद्ध छानविन भइरहेको छ ।

Published : Thursday, 2024 September 5, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया