कांग्रेसको अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

शनिबार सभापति देउवाले विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् । विभागका प्रमुख मदनकृष्ण श्रेष्ठले सिफारिस गरिएका सदस्यहरूलाई सभापति देउवाले मनोनयन गरेको कांग्रेसद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको गरेको छ ।

विभागको सदस्यहरूमा मनोनयन हुनेमा भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक), रमा ढकाल (काठमाडौं), उदयबहादुर लिम्बू (धनकुटा), उपेन्द्र खडायत (कञ्चनपुर), लोचन भट्टराई (नुवाकोट) रहेका छन् ।

नरवीर राउत (जुम्ला), देवा डाँगी (दाङ), सूची कुमाल (गोरखा), जितेन्द्रप्रसाद चौधरी (बारा) र लक्ष्मण विश्वकर्मा (कैलाली) पनि सदस्यमा मनोनयन भएका छन् ।

Published : Friday, 2024 September 6, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया