दार्चुलाको असिगाडामा निर्माणाधीन नेपाल–भारत जोड्ने पुलको राजदूतद्वारा निरीक्षण

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलास्थित असिगाडामा निर्माणाधीन नेपाल–भारत जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका छन् ।

दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडामा र भारत पिथौरागढको छारछुम जोड्ने निर्माणाधीन मोटरेबल पुलको राजदूत श्रीवास्तवले स्थलगत निरीक्षण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा टनकपुरपछि दार्चुलामा भारत जोड्ने दोस्रो पुल निर्माण भइरहेको छ ।

निरीक्षणका क्रममा राजदूत श्रीवास्तवले यथाशक्य चाँडो पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

भारतीय पक्षले निर्माण गरिरहेको एक सय १० मिटर लामो मोटरेबल पुल ३२ करोड ९८ लाख भारतीय रुपियाँको लागतमा बनिरहेको छ ।

Published : Friday, 2024 September 6, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया