पतिले छाडेपछि पसल चलाउँदै आएकी निर्मला र छोराको हत्या

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबीसेमा आमा र छोराको हत्या भएको छ ।

शुक्रबार राति अन्दाजी ४० वर्षीया निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापाको हत्या भएको प्रहरीले जनाएको छ ।

घटनाको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

धारिलो हतियारले घाँटीरेटी हत्या भएको अवस्थामा शनिबार शव बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शुक्रबार राति आमा र छोरा आफ्नै पसलमा सुतेका थिए । प्रहरी नायव उपरीक्षक राजन चापागाइँले उनीहरूको शुक्रबार राति नै हत्या गरी हत्यारा फरार रहेको हुनसक्ने बताए ।

निर्मलाका श्रीमानले अर्कै विवाह गरी गाउँ छाडेका छन् । त्यसपछि निर्मला छोराको पालन पोषणका लागि पसल गर्दै आएकी थिइन् ।

मृतक आमाछोराको शव कटारी अस्पताल लगिएको छ । हत्यारा पत्ता नलागेको भन्दै परिवारले पोष्टमार्टम गर्न मानेका छैनन् ।

Published : Friday, 2024 September 6, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया