प्रधानमन्त्री ओलीसँग पूर्वप्रधानमन्त्री भट्टराईद्वारा भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग पूर्वप्रधानन्त्री बाबुराम भट्टराईले भेट गरेका छन् ।

शनिबार बालुवाटारमा ओलीसँग भट्टराईले भेट गरेर संक्रमणकालीन न्यायसम्बन्धी कानूनका विषयमा परामर्श गरेका हुन् ।

भेटपछि ओलीले भने, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो ।’

‘समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो’, प्रधानमन्त्री ओलीको निजी सचिवालयले भनेको छ ।

Published : Friday, 2024 September 6, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया