कोषको अध्यक्ष, दुरसञ्चारको प्रबन्ध निर्देशक र रेडियोको कार्यकारी निर्देशकको नियुक्ति

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्ष र नेपाल दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्ति गरेको छ ।

कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ । कोषको सञ्चालक समितिको अध्यक्षको समेत काम गर्नेगरी सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो ।

कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गरिएको छ ।

सरकारले नेपाल दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याललाई नियुक्त गरेको छ । पहाडी निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत थिइन् ।

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जनाएका हुन् ।

Published : Friday, 2024 September 6, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया