रोल्पाको गाउँपालिकाको नाम परिवर्तन, केन्द्र पनि सुखाओडारमा गयो

काठमाडौं । सरकारले रोल्पाको गङ्गादेव गाउँपालिकाको नाम परिवर्तन गरेर सुकीदह गाउँपालिका बनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रोल्पाको गङ्गादेव गाउँपालिकालाई नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

गाउँपालिकाको केन्द्र साविक वडा नम्बर ५ सानडाँडाबाट वडा नम्बर २ स्थित सुखाओडार (जिनावाङ)मा कायम गरिएको छ ।

Published : Friday, 2024 September 6, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया