युवा व्यवसायी पौडेलद्वारा टङ्गालमा टर्किस रेस्टुरेन्ट सञ्चालन, पूर्वराज परिवारद्वारा भोजन सेवन

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका युवा व्यवसायी कृष्ण पौडेलले टर्किस रेस्टुरेन्ट अलेभ कबाब सल्टनेट सञ्चालनमा ल्याएका छन् ।

व्यवसायमा राम्रो अनुभव रहेका पौडेलले टर्किस रेस्टुरेन्ट सञ्चालन गरेका हुन् । काठमाडौंको टङ्गालमा रहेको टर्किस रेस्टुरेन्ट ‘अलेभ कबाब सल्टनेट’का सञ्चालनमा ल्याएको पौडेलले बताएका छन् ।

अलेभ कबाबमा खानासँगसँगै खानाकै माध्यमबाट नाटक पनि मञ्चन हुने गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकसँगै मध्यपूर्व क्षेत्रमा लामो समय बस्दै आएका नेपालीलाई खानाको स्वाद पस्किने अवधारणामा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक पौडेलले बताएका छन् ।

टर्किस रेस्टुरेन्ट अलेभ कबाब सल्टनेटमा भदौ १७ गते पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाहसहित परिवारका सदस्यहरूले भोजन लिएका छन् ।

पूर्वराजा शाह सपरिवार रेस्टुरेन्टमा आएपछि स्टाफहरू भव्य स्वागत गरेका थिए । पूर्वराजा शाहले अलेभ रेस्टुरेन्टमा साढे २ घण्टा सपरिवार समय बिताएको सेफ प्रकाश कटुवालले बताएका छन् ।

पूर्वराजा शाह फर्किने बेला रेस्टुरेन्टको खानाको स्वाद र कर्मचारीहरूको स्वागत सत्कार लगायत सबै कुरा राम्रो रहेको भन्दै धन्यवाद दिएका छन् ।

सेफ कटुवालले पूर्वराजा शाहलाई उदृत गर्दै भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले रेस्टुरेन्टको टर्किस खाना नेपालको वान अफ दि वेस्ट रहेको बताउनुभयो । हामी खासै रेस्टुरेन्ट जाँदैनौं । यो हाम्रो नजरमा परेको रेस्टुरेन्ट हो ।’

टर्किस रेस्टुरेन्टका बारे पूर्वयुवराज पारस शाहलाई पहिला देखिनै जानकारी थियो । रेस्टुरेन्टमा खाना राम्रो र पारिवारिक वातावरण रहेको पूर्व युवराज पारस साहले बताए ।

‘पारस र हिमानी सरकार पहिलेदेखि नै आउनुहुन्थ्यो, उहाँहरूले जानकारी दिएपछि ज्ञानेन्द्र सरकार पनि आउनुभएको हो’, सेफ कटुवालले भनेका छन् ।

Published : Saturday, 2024 September 7, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया