डीआईजी कार्कीको शब्दमा नेपाल प्रहरीसम्बन्धी गीत सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डअीाईजी) दानबहादुर कार्कीको ‘फूलको बासना सरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले निर्वाह गरिरहेको कर्तव्यबारे सन्देश दिने गीत सार्वजनिक गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजी कार्कीले शब्द सिर्जना गरेको गीतलाई राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको गाएका छन् ।

डीआइजी कार्कीले भने, ‘मैले लेखेको नेपाल प्रहरीको भावना बोल्ने गीत फूलको बासना सरी आजबाट सार्वजनिक भएको छ ।’

कार्कीले भने, ‘घाम, पानी, जाडो नभनी हरेक प्रतिकूलतामा कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीको अव्यक्त भावना गीतमार्फत बोल्ने प्रयास गरेको हुँ ।’

गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकारहरू रमेश उप्रेती प्रियंका कार्की प्रकाश सपुत र विनिशा पौडेलको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन गम्भीर बिष्ट र कन्सेप्ट सरोज ओलीको रहेको छ ।

Published : Saturday, 2024 September 7, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया