अन्तरिक्षमा सुनिता र बुथलाई छाडेर क्याप्सुल पृथ्वीमा फिर्ता

न्युयोर्क । बोइङको अन्तरिक्ष यान स्टार लाइनर अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र बुथ विल्मोरलाई अन्तरिक्ष केन्द्रमा छाडेर पृथ्वीमा फर्किएको छ ।

८ दिनको मिसनमा गए पनि यानमा प्राविधिक समस्या देखिएपछि दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा छाडेर स्टारलाइनर फर्किएको हो ।

यानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि पृथ्वीमा ल्याउनु जोखिमपूर्ण भएपछि उनीहरू अर्को वर्षसम्म पृथ्वीमा फर्कने नासाले जनाएको छ ।

दुवैलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ । सुनिता र बुथलाई जुन ५ मा अन्तरिक्ष केन्द्रमा पठाइएको थियो ।

स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि अन्तरिक्ष यानको गति कम गर्न प्यारासुटको प्रयोग गरिएको थियो ।

स्टारलाइनर अमेरिकी राज्य न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि)मा बिहान ९ बजेर ३२ मिनेटमा अवतरण भएको छ ।

स्टारलाइनरको अवतरणपछि नासा र बोइङको टोलीले यसलाई एसेम्बली युनिटमा फिर्ता लैजाने र प्राविधिक जाँच गर्नेछन् ।

अन्तरिक्ष यान बोइङ कम्पनी नासासँगको सहकार्यमा निर्माण गरिएको थियो ।

Published : Saturday, 2024 September 7, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया