दुई मुलुकबीच भू-राजनीतिलाई देखाएर निहीत स्वार्थसिद्धी गर्ने काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल–भारतसम्बन्धी प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन अगाडि बढ्ने बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफै रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने बताए ।

उनले भने, ‘मैले विचार गरेको छु–लाग्या छ मलाई अब उहाँहरूले पनि समय निकाल्नु होला । बुझौँला । बीचमा कुन कारणले त्यस्तो भयो ? म त हामी बनाउने नै मान्छे ।’

‘उहाँ पनि छानिएर आउनुभएको छ । म पनि छानिएर आएको छु’, ओलीले भने, ‘दुई वटै प्रधानमन्त्री त्यही इपिजी निर्माण गर्नेहरू नै छौं । त्यो अगाडि बढ्ला ।’

प्रधानमन्त्री ओलीले इपिजी बनाउनेहरू नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताए ।

प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने उनले बताए ।

उनले दुई मुलुकबीच भू–राजनीतिलाई देखाएर आफ्नो निहीत स्वार्थसिद्धी गर्ने काम गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढङ्गले छलफल गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझ्न नेपाल सदैव तत्पर रहेको पनि बताएका छन् ।

उनले भू–राजनीतिलाई देखाएर दुई मुलुकबीचको सम्बन्धलाई कमजोर बनाउने काम गर्न नहुने पनि बताएका छन् ।

Published : Saturday, 2024 September 7, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया