फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनौटमा ब्राजिल विजयी

लण्डन । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । ब्राजिलले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

काउटो परेरा स्टेडियम रियल म्याड्रिडका फरवार्ड रोड्रिगोले आफ्नो घरेलु समर्थक माँझ गरेको एक मात्र गोलले ब्राजिललाई जित दिलाएको हो । रोड्रिगोले ३०औं मिनेटमा लुकास प्याकेटाको पासमा गोल गरेका हुन् ।

यससँगै पाँच पटकको विश्वकप विजेता ब्राजिल दक्षिण अमेरिकी छनोटमा सात मध्य तेस्रो जितपछि १० अंक जोडेको छ । ब्राजिल १० टोली सहभागी छनोट प्रतियोगिताको तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

ब्राजिल शीर्ष स्थानको अर्जेन्टिनाभन्दा आठ अंकले पछि छ । इक्वेडर समान खेलमा ८ अंक सहित छैठौं स्थानमा छ । ब्राजिलले अब बुधबार पाराग्वेको सामना गर्नेछ । इक्वेडरले सोही दिन पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

Published : Saturday, 2024 September 7, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया