मानव तस्करको अभियोग लाग्दै आएका कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्यद्वारा आत्म समर्पण
काठमाडौं । कीर्ते प्रकरणमा १ वर्ष कैद सजाय पाएका नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।
केसी करीव ३३ वर्ष अगाडि कीर्ते मुद्दामा दोषी ठहर भएका थिए । केसीले जिल्ला अदालत रुकुम पूर्वमा आत्मसमर्पण गरेका हुन् । केसीलाई रुकुम पश्चिमको कारागार चलान गरिएको छ ।
केसीलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गरेको थियो । केसीविरुद्ध अदालतले १ वर्ष कैद र २ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सभा सदस्य केसीले कीर्ते गरेको अभियोगमा साबिक रुकुम जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य केसी आफैं रुकुमकोट जिल्ला अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेको बताए । केसीलाई आइतबार रुकुमपश्चिम पठाइएको छ ।
केसी रूकुम पूर्वको प्रदेश (२)बाट निर्वाचित नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
निकै विवादित छविका केसीलाई मानव तस्करको अभियोग लाग्र्दै आएको छ । केसीले हिँडेर तल्लोबाटो अबैध रुपमा सयौं नेपालीलाई अमेरिका छिराएका छन् । एक पटक नेपालबाट जहाज भाडामा लिएर थुप्रै नेपालीहरूलाई अबैध रुपमा अमेरिका छिराएको भनेर केसी चर्चित बनेका थिए ।
केसीविरुद्ध मानव तस्करको अभियोग र ठगी काण्डमा बेलाबेला उजुरीहरू पर्दै आएका छन् । केसी राजनीतिक संरक्षणमा बच्दै आएका व्यक्ति हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया