थवाङमा हत्या अभियोगमा रामकुमार पक्राउ

मसुरिया । रोल्पा जिल्लामा हत्या गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको छ ।

थवाङ गाउँपालिका–२ जाजरकोट टोल बस्ने ७१ वर्षीया सारू रोकाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने रामकुमार रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रामकुमार रोकाले एकनाले भरूवा बन्दुकको कुन्जाले टाउँकोमा प्रहार गर्दा सारूको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले रामकुमार रोकालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको बन्दुक समेत बरामद गरेको छ ।

उता, डोटीमा आफ्नै दाइ ६६ वर्षीय गणेश जोराको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५६ वर्षीय नरबहादुर जोरालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नरबहादुरले घरायसी विवादका क्रममा कोदालोले टाउँकोमा प्रहार गर्दा गणेशको घट्नास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 September 10, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया