आइफोनको नयाँ सिरिजको विशेषता

लण्डन । एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । एप्पलले अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा नयाँ सिरिज सार्वजनिक गरिएको हो ।

इट्स ग्लोटाइम नाम दिइएको कार्यक्रममा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स लन्च गरिएको छ ।

नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । एप्पल इन्टेलिजेन्स भने केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ ।

आइफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आइफोन–१६ प्लसको स्क्रिन साइज ६.७ ईञ्च छ । आइफोन–१६ प्रोको स्क्रिन साइज ६.३ ईञ्च र प्रो म्याक्सको साइज ६.९ ईञ्च छ । आइफोन–१६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

क्यामेरा कन्ट्रोल फिचरसँगै नयाँ एक्शन बटन थपिएको छ । चिपसेटको कुरा गर्दा, एप्पल दुई पुस्ता अगाडि बढेको र नयाँ सिरिजमा ए १८ चिपसेट दिएको छ । आइफोन १५ मा ए१६ चिपसेट थियो । एजेन्सी

Published : Friday, 2024 September 13, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया