कांग्रेसभित्र गुटको लडाइँले केही अग्रज सधैँ अनुपस्थित हुने परम्परा छ : तरुण अध्यक्ष रोयल

जुम्री । नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बस्याल ‘रोयल’ले नेपाली कांग्रेसले राखेको राख्ने कार्यक्रममा गुटको आन्तरिक लडाइँका कारण केही अग्रज नेताहरु सधैँ अनुपस्थित हुने परम्पराले आफूलाई चिन्तित तुल्याएको बताएका छन् ।

सोमबार जुम्रीमा कांग्रेसले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको सम्मानमा राखेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्यालले ३१ वर्षपछि कांग्रेसले प्यूठानमा जितेर मन्त्री पाएको अवसरमा पनि खुला मनले केही नेताहरु अगाडि आउन डराइरहेको बताए । उनले सानो मन बनाएर नबस्न सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष बस्यालले कांग्रेसमा कसैको प्राप्तिलाई पनि स्वीकार गरेर सबैलाई समेटेर जो अगाडि बढ्छ त्यो नै नेता रहेको बताए । उनले आम कार्यकर्ताको नजरमा नेताहरुबाट अपेक्षा गरेको भूमिकालाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।

तरुण अध्यक्ष बस्नेतले मन्त्रीलाई बधाई दिएको फोटो पनि सामाजिक सञ्जालमा राख्न डराउने परम्परा कायम रहेको बताए । मन्त्रीसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दा कांग्रेसकै एकजना नेताले गाली गर्ने गरेको गुनासो आएको भन्दै कांग्रेसभित्र कस्तो संस्कार नेताहरुले सिकाएका हुन् भनेर प्रश्न गरेका छन् ।

Published : Monday, 2024 September 16, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया