बर्दियामा मीनाको हत्या, पप्पु पक्राउ

बारबर्दिया । बर्दिया जिल्लामा ३९ वर्षीया मीना थारुको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका–५ तर्कापुर बस्ने ३९ वर्षीया मीना थारूको हत्या गरेको अभियोगमा सोही नगरपालिका–११ जब्दी बस्ने ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मीनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले पप्पुलाई बारबर्दिया नगरपालिका–५ सिटिबरेलीबाट पक्राउ गरेको छ ।

Published : Wednesday, 2024 September 18, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया