आरजकता मच्चाउँदै आएका ‘मेडिकल माफिया’ प्रसाईंलाई पक्राउ गर्न आदेश

काठमाडौं । मेडिकल माफियाको आरोप खेप्दै आएका व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित ३ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले बताए ।

मेडिकल व्यवसायी प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको छ । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनअनुसारको कसूर गरेको भन्दै पुर्जी जारी भएको छ ।

मेडिकल व्यवसायी प्रसाईंले विभिन्न व्यक्तिहरुविरुद्ध जथाभावी बोल्ने, गालीगलौज गर्ने लगायतक गतिविधि गर्दै आएका छन् । प्रसाईंका अभिव्यक्तिहरु निकै अराजक र समाज भड्काउने खालका भएको भन्दै आलोचना भइरहेका बेला पक्राउ पुर्जी जारी भएको छ ।

Published : Wednesday, 2024 September 18, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया