बागमती सरकारले मनायो संविधान दिवस

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस एवम् राष्ट्रिय दिवस विशेष कार्यक्रम गरेर मनाएको छ ।

हेटौँडामा बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थितिमा संविधान दिवस मनाइएको छ । कार्यक्रम गर्नुभन्दा अगाडि प्रभातफेरी गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी विद्यालयबाट शुरु भएको प्रभातफेरी सिमाचोक, बुद्धचोक हुँदै हेटौंडा बजार परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको थियो ।

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री र प्रदेशका प्रथम मुख्यमन्त्रीले संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रदेश सरकारले संविधान दिवसको अवसरमा ३ दिन आयोजना गरेको क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता, माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्कृष्ट नतिजा ल्याउने विद्याथीहरूलाई सम्मान गरेको छ ।

प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको भलिबल प्रतियोगितामा विजेता टिमलाई समेत सम्मान गरेको थियो ।
बागमती प्रदेश सरकारले ३ दिन संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम मनाउने निर्णय गरेको छ ।

Published : Thursday, 2024 September 19, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया