आर्थिकमन्दीबाट संकटमा परेका व्यवसायीको समस्या समाधानमा छौँ : मन्त्री भण्डारी

काठामडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् ।

उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकार र निजीक्षेत्र मिलेर जानुपर्ने बताए ।

उनले नीतिगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको बताए । उनले मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्याक्तिहरूसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताएका छन् ।

मन्त्री भण्डारीले आर्थिकमन्दीका कारण व्यवसायीहरूलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताए ।

युवाहरूलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उनले वर्तमान चुनौतिहरूलाई सम्भावनामा बदल्न आग्रह गरेका छन् ।

मन्त्री भण्डारीले युवाहरूले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद् नभएको बताएका छन् ।

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानियतह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्यगर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।

उनले जनतामा सरकार मेरो हो भन्ने भावना जागृत हुनुपर्ने बताए । उनले भने, ‘सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ ।’

‘सरकारबाट जनताले आशा राख्न छाड्नु हुदैँन् । बरु नीतिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरू सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ’, मन्त्री भण्डारीले भनेका छन् ।

Published : Friday, 2024 September 20, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया