भारतमा नेपाल प्रहरीका ईन्स्पेक्टर मल्ललाई सर्वश्रेष्ठ पुरस्कार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सनम मल्ल भारतमा पुरस्कृत भएका छन् ।

भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित आईपीएस अधिकारीहरूको लागि आधारभूत प्रशिक्षण पाठ्यक्रम तालिममा सहभागी ईन्स्पेक्टर मल्ल पुरस्कृत भएको प्रहरी मुख्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मल्ललाई पीटीको लागि सर्वश्रेष्ठ जेन्टलम्यान प्रोवेशनर पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरू विजय थापा, सनम मल्ल, गोपालप्रसाद श्रेष्ठ, प्रभातलक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2024 September 20, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया