महिलाप्रति रवि लामिछानेको आचरण नै खराब छ : कांग्रेस नेता भीमसेनदास प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनु पर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रधानले लामिछानेको आचरण पनि खत्तम रहेको बताए । उनले भने, ‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजश्रम केही पनि छैन् । नागरिकता नै दोहोरो छ । राहदानी दोहोरो, आचरण खत्तम छ । महिलाप्रति आचरण नै खराब छ ।’

‘अहिले हेर्नुस् त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’, नेता प्रधानले प्रश्न गरेका छन् ।

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको उनले बताए । अब लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको उनले बताएका छन् ।

‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो’, प्रधानले भने, ‘विशेष गरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । छानबिन समिति बन्यो ।’

Published : Saturday, 2024 September 21, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया